पर्वतमा ५ जनामा कोरना पुष्टि

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार ०८:५६
;

मकवानपुर । पर्वत जिल्लामा पहिलो पटक ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लामा भेटिएका ५ जना कोरोना संक्रमीत भारतबाट आइ सिधै क्वारेन्टानमा बसेकाहरु हुन ।

पर्वत अस्पतालका अनुसार प्रशासन कार्यालयको समन्वयमा भारतबाट सिधै पर्वत आइ कुश्माका क्वारेन्टाइनमा बसेका १९ देखि ४० बर्ष उमेर समुहका ५ जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो । पछिल्लो पल्ट ३९ जनाको स्वाब परिक्षण गरिएकोमा ५ जनामा पोजेटिभ देखिएको उनले बताए ।

अस्पतालका प्रमुख डा. शिशिर देवकोटाले पर्वतको फलेवास नगरपालिका २ जना र महाशिला गाउँपालिकाका ३ जना गरी कुल ५ जना संक्रमीत भेटिएको बताएका छन् ।

पर्वतमा भेटिएका संक्रमीतलाई क्वारेन्टाइनबाट पर्वत कोरोना अस्थायी अस्पतालमा राख्ने तयारी भइरहेको छ । संक्रमीतको अवस्था सामान्य रहेको डा. देवकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*