रौतहटमा थप ७४ जनामा कोरोना पुष्टि

मकवानपुर । रौतहटमा थप ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । रौतहटमा पछिललो २४ घण्टामा ७४ जनामा कोरोना संक्रमण देखिएको जिल्ला जनस्वाथ्य कार्यालय जनाएको छ ।
योसँगै रौतहटमा कोरोना संक्रमितको सख्या ३ सय १० पुगेको छ । संक्रमण देखिएका सबै भारतका विभिन्न सहरबाट रौतहट आएका रहेको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार रौतहटको राजपुर नगरपालिकाका २१ जना , दुर्गा भगवती गाउँपाललिकाका १४ जना, राजदेवी नगपालिकाका १८, परोहा नगरपलिकाका ४ जना, गौर नगरपालिकाका १३ जना, गढीमाइ नगरपालिकाका १ जना र यमुनामाइ गाउँपालिकाका ३ जना रहेका छन् । संक्रमित सबै स्थानिय पालिकाले संचालनमा ल्याएको क्वारेन्टाइमा रहेका जनाइएको छ ।
जिल्लामा आइसोलेसन वेडको अभाव हुँदा संक्रमितहरुको उपचारमा समस्या आएको गौर अस्पतालका मेडिकल सुपरिटेन्डेन कृष्ण साहले बताए । उनीहरुलाई अर्को आइसोलेसन तयार नहुन्जेलसम्म सम्बन्धित पालिकाकै क्वारेन्टाइनमा आइसोलेट गरेर राख्ने तयारी गरिएको उनले बताए ।
उनका अनुसार जिल्लाको धरहरीमा अवस्थित पोलिटेक्निकल इन्टिच्युट र गौरको गौरीशंकर क्याम्पसलाई आइसोलेसन बनाउने तयरी भइरहेको छ । जिल्लामा पर्याप्त आइसोलेसन नहुँदा संक्रमितहरुलाई क्वारेन्टाइनमा नै राख्नु पर्ने बाध्यता रहेको उनले बताए ।
जिल्लामा भारतमा रहेका करिब १५ हजार बढि जिल्लावासी घर फर्कने स्थानिय प्रशासनको अनुमान रहेको छ । अझैपनि धेरैजनाको स्वाव परीक्षणको रिर्पोट आउने क्रम जारी रहेकाले संक्रमितको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।
यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।