औद्योगिक क्षेत्रमा सवारीको लाइन, चालकबाटै कोरोनाको जोखिम

हेटौडा न्युज
२० जेष्ठ २०७७, मंगलवार १८:५२
;

मकवानपुर । हेटौंडा औद्योगिक क्षेत्रका केही उद्योगहरु खुल्न थालेसँगै उद्योगमा चाहिने कच्चा पदार्थ ल्याउने मालबाहक सवारीहरु हेटौंडा भित्रिन थालेका छन् । औद्यागिक क्षेत्र भित्रका करीब ४० प्रतिशत उद्योगहरु सुचारु हुन थालेको जनाईएको छ ।

तर हाल नेपालमा कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएको सन्दर्भमा औद्योगिक क्षेत्रका लागि आउने मालबाहक सवारीका चालक, सहचालक संक्रमित छन्, वा छैनन् भन्ने तर्फ कुनै पनि निकायको ध्यान नगएको पाईएको छ । सवारीहरु देशका विभिन्न स्थानसहित भारतका विभिन्न शहरबाट कच्चा पदार्थ लिएर आउने, उत्पादित वस्तु पुर्याउन जाने गर्दछन् ।

तर हामीले त्यहाँ आएका मालबाहक सवारीका चालकहरुसँगको कुराकानीका क्रममा बाटोमा प्रहरीले शरीरको तापक्रम नाप्ने बाहेक केही पनि जाँच नगरेको बताएका छन् ।

कोरोना संक्रमित भएनभएको यकिन गर्न आरडिटी, पिसीआर प्रविधिबाट परीक्षण गर्नु पर्ने हुन्छ, तर दैनिक विभिन्न स्थानमा दैनिक पुगिरहने ती चालकहरुले आजसम्म त्यस्तो कुनैपनि परीक्षण नगराएको उनीहरुले बताएका छन् ।

यस सम्बन्धमा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख राजेन्द्रप्रसाद कँडेलले चालक, सहचालकहरुको सबै उद्योगहरुलाई विवरण राख्न निर्देशन दिएको दाबी गर्दै आएका छन् । प्रमुख कँडेलले औद्योगक क्षेत्र प्रबेश द्वारमा सेनिटाईज गरिने व्यवस्था रहेको बताएपनि प्रबेश द्वारबाट निसंक्रमण नगरीकनै सवारीहरु भित्रिने र बाहिरिने गरेको पाईएको छ ।

त्यतिमात्र होईन हेटौंडाको रातोमाटेमा रहेका प्रहरीका लागि तापक्रम नाप्ने थर्मल गन समेत नहुँदा चेक जाँचमा कमजोरी रहेको प्रष्ट भएको छ । रातोमाटे नाका रहेको सवारी स्निटाईजिङ्ग मेशिन समेत निरन्तर चालु नहुँदा निसंक्रमण बिना नै सवारीहरु जिल्ला प्रबेश गर्ने गरेका छन् ।

यसरी मकवानपुर जिल्लामा अन्यत्रबाट आउने सवारीहरुका चालक, सहचालकलाई नाकामै परीक्षण गर्ने वा परीक्षण रिपोर्ट नेगेटिभ आएकोलाई मात्रै जिल्ला प्रवेश नगराउने हो भने, कोरोना संक्रमणको जोखिम अझ बढ्ने प्राय निश्चित छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*