दुई सहायक वन अधिकृत दुई लाख घुससहित पक्राउ

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १०:३१
;

ताप्लेजुङ । अख्तियार दूरुपयोग अनुसन्धान आयोगको टोलीले घुस लिदै गर्दा दुई जना सहायक वन अधिकृत प्रकाउ गरेको छ । डिभिजन वन कार्यालय ताप्लेजुङका दुई जना अधिकृत मंगलबार बेलुका अख्तियारको टोलीले रङ्गे हात पक्राउ गरेको हो ।

अख्तियारको टोलीले सहायक वन अधिकृतद्धय वीरेन्द्र साह र जीवनकुमार यादवलाई जनही एक–एक लाख रुपैयाँ घूससहित रंगेहात पक्राउ गरेको हो । उनीहरुले सेतक चिनी छोडपूर्जीको लागि सेवाग्राहीसँग घुस लिएको जनाइएको छ ।

दुवै जनालाई कार्यालयमै रकम लेनदेन भइरहेको अवस्थामा पक्राउ गरेको आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले बताएका छन् ।

चार सय किलो सेतक चिनी बिक्रीको लागि छुटपुर्जी बनाइदिन व्यवसायी सविन बानियाँसग शाह र यादवले घुस लिएका हुन् । घुस लिएपछि उक्त परिणामको सेतक चिनी २१ दिनभित्र बाँके पुर्‍याउने गरी छुटपुर्जी दिएको बानियाँले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*