हेटौँडा सिमेन्ट उद्योगमा महाप्रबन्धक र मजदुर विवाद

सात दिनभित्र राजीनामा दिन महाप्रबन्धकलाई अल्टिमेटम
हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १०:४७
;

मकवानपुर । सरकारको पूर्ण स्वामित्व भएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडमा महाप्रबन्धक(मजदुर विवाद चर्किएको छ । आफ्नो स्वार्थपूर्तिका लागि उद्योग र मजदुरको हितविपरीत काम गरेको आरोप लगाउँदै आएका मजदुर संगठन र महाप्रबन्धकबीच विवाद चर्किएको हो ।

विवाद चर्किएसँगै मंगलबार १४ बुँदे माग पेस गरेको संगठनले सात दिनभित्र माग पूरा नगरे महाप्रबन्धक प्रेमशंकर सिंहले राजीनामा दिनुपर्ने र आठौैँ दिनदेखि उद्योग प्रवेशमा रोक लगाउँदै बहिष्कार गरिने अल्टिमेटम–पत्र सिंहलाई बुझाएका छन् ।

नेपाल राष्ट्रिय कर्मचारी संगठन, नेपाल कारखाना श्रमिक संघ र समग्र उद्योग ट्रेड युनियन इकाइ समिति हेटौँडा सिमेन्ट उद्योगले सिंहलाई बुझाएको अल्टिमेटम–पत्रमा मजदुरका माग र सुझाबलाई सात दिनभित्र सम्बोधन नगरे राजीनामा दिनुपर्ने र राजीनामा नदिएमा आठौँ दिनदेखि उद्योग प्रवेशमा रोक लगाउँदै बहिष्कार गरिने उल्लेख छ ।

संगठनहरूले बुझाएको माग र सुझाब पत्रमा आफ्ना ५ वटा खानी बन्द गरी अन्यत्रबाट चुनढुंगा खरिद गर्ने प्रयत्न रोक्नुपर्ने, उद्योगलाई आवश्यक कच्चा पदार्थ गुणस्तरीय चुनढुंगा, कोइला, जिप्सम, आइरन ओर र मेसिनरी जगेडा पुर्जाको सहज आपूर्ति गर्नुपर्ने, मन्त्रालयसँग गरिएको करार सम्झौता र व्यवस्थापन सम्झौताअनुरूप उद्योगको उत्पादन बढाउनु पर्ने लगायत उल्लेख छ ।

राजीनामा मागेर मलाई केही फरक पर्दैन

उद्योगका महाप्रबन्धक प्रेमशंकर सिंहले मजदुरले राजीनामा माग गरेर आफूलाई केही फरक नपर्ने दाबी गरेका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै उनले आफू उद्योगमा राम्रो काम गर्न आएको र इमानदारीपूर्वक काम गरिरहेको अवस्थामा राजनीति गरेर उद्योगलाई धराशायी बनाउन खोजेका मजदुर संगठनले राजीनामा माग्दैमा आफूलाई केही फरक नपर्ने बताए ।

नयाँ पत्रिकामा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*