कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुग्यो

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १७:२७
;

मकवानपुर । नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ९ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या नौं पुगेको जनाएको हो ।

स्वास्थ्य मन्त्रालयले कोरोनाका कारण थप एक जनाको मृत्यु भई जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दोलखाको ७६ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको पुष्टि भएको बताए । उनका अनुसार जेठ १३ गते काठमाडौं मेडिकल कलेज सिनामंगल भर्नामा भएका उनलाई हेमोराइजिक स्ट्रोक भएको थियो ।

थप उपचारका लागि संक्रमित पुरुषको त्रिवि शिक्षण अस्पताल भर्ना भएका थिए । बुधबार शिक्षण अस्पतालको आइसीयुमा उनको निधन भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*