नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३ सय पुग्यो

मकवानपुर । आज बुधबार थप २ सय १ जना कोरोना संक्रमित थपिएसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ हजार ३सय पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले बुधबार झापाका २, पाँचथरका १, सुनसरीका ७, धनकुटाका १, सप्तरीका १, ताप्लेजुङका ३, पर्साका ७, दैलेखका ७, सल्यानका ३, मोरङका २, तेह्रथुमका १, सुनसरीका १ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै कैलालीका ३, डोटीका २, कपिलवस्तुका ६९, पाल्पाका २, रूपन्देहीका २७, महोत्तरीका ९, कालीकोटका ७, दाङका ५, प्युठानका २, धनुषाका १, काठमाडौंका ३, नवलपरासीका ८, रौतहटका ११,सर्लाहीका १५, सिन्धुपाल्चोकका १ जनामा कोरोना संक्रमण देखिएको जानकारी दिएका छन् ।
प्रवक्ता देवकोटाका अनुसार आजसम्म २सय ७८ जना उपचारपछि डिस्चार्ज भएको र उपचारको क्रममा ९ जनाको मृत्यु भएको जनाएका छन् । कोरोना संक्रमणको उपचार गराईरहेका दोलखाका ७६ वर्षीय वृद्धको मृत्यु भएको हो ।
प्रवक्ता देवकोटाका अनुसार नेपालमा करीब ८० हजार जनाको पिसिआर प्रविधिबाट परीक्षण गरिएको र १ लाख ५५ हजार ८ सय ६८ जना क्वारेन्टाईनमा रहेका छन् ।