उद्योग बाणिज्य संघले तरकारी पसल बन्द गराएको आरोप

हेटौडा न्युज
२१ जेष्ठ २०७७, बुधबार १८:२१
;

मकवानपुर । हेटौंडा–१० मा रहेको तरकारी पसल विगत २ महिना देखि बन्द छ । कोरोनाको जोखिम बढेको भन्दै मकवानपुर प्रशासनले विगत २ महिना देखि सो तरकारी पसल बन्द गरेकोहो ।

चैत ११ गते देखि देश लकडाउनमा गए लगतै हेटौंडाको बाइपासमा रहेको तरकारी पसल बन्द रहेको छ । तरकारी बजारमा भिड वढेको भन्दै मकवानपुर प्रशासनले तरकारी पसलसहित पसल पुर्ण रुपमा बन्द गरायो ।

तरकारी पसल बन्द हुँदा मकवानपुरका किसान र तरकारी व्यवसाय गर्दै आएका व्यवसायीहरु मारमा परेका छन् ।

करिव एक सय वटा खुद्रा तरकारीका पसल संचालनमा रहेको सो तरकारी बजार बन्द भए लगतै हेटौंडाको खोपगल्लीमा रहेका तरकारी पसल पनि मकवानपुर प्रशासनले सशस्त्र र जनपथ प्रहरी लगाएर वन्द गरायो ।

खोपेगल्लीका पसल वन्द गराउन मकवानपुर उद्योग बाणिज्य संघका पदाधिकारी नै संक्रिय भएर लागे ।

उद्योग बाणिज्य संघका नेतृत्व गर्ने पदाधिकारीले तरकारी पसल वन्द गर्नुपर्छ भनेर कमाण्ड पोष्टको बैठकमा कुरा उठाए र लगतै मकवानपुर प्रशासनले सो तरकारी पसल वन्द गराएको थियो ।

लामो समयको वन्द पछी अहिले खोपगल्लीमा भने तीन दिन देखि बिहान ६ वजे देखि नौ वजे सम्म मात्र तरकारी पसल खोल्न दिइएको छ ।

टिसीएनरोडमै रहेको तरकारीको थोक बिक्री वन्द गरेको पनि आज १५ दिन नाघि सक्यो । सवै वजार खुल्दा समेत किसानले उत्पादन गरेको तरकारी विक्री केन्द्र आज पनि खुल्न सकेन । मकवानपुर लगायत अन्य ठाउँबाट आएका तरकारी संकलन गरी सो थोक बिक्री केन्द्रबाट होलसेल तथा खुद्रा विकक्री वितरण हुन्दै आएको थियो ।

लकडाउन देखि तरकारी पसलहरु प्रहरी लगाएर मकवानपुर प्रशासनले वन्द गरेपछी आफुहरु मारमा परेको नेपाल फलफूल तथा तरकारी व्यावसायी संघ मकवानपुरका अध्यक्ष खड्गबहादुर मोक्तानले बताए ।

देशभरका कुनै पनि जिल्लाका तरकारी तथा फलफूल विक्री वितरणमा प्रशासनले रोक लगाएको छैन । संघीय सरकारले पनि तरकारी पसल वन्द गर्न निर्देशन दिएको छैन । सरकारी नीति पनि होइन । तर, हेटौंडाका सवै पसल खुले पनि तरकारी पसल खोल्न नपाएको अध्यक्ष मोक्तानले गुनासो गरे ।

मकवानपुरका किसानले उत्पादन गरेको तरकारी बिक्री गर्ने वजार हेटौंडामा दुईमहिना देखि वन्द हुँदा समस्या परेको छ । मकवानपुरको मनहरी, थाहा नगरपालिका, मकवानपुर गढी लगायतका क्षेत्रका किसुानले उत्पादन गरेको तरकारी हेटौंडामा विक्री गर्न नपाएको किसानले गुनासो गरेका छन् ।

पहिले टिसीएनमा आएर तरकारी बिक्री गरेपनि अहिले यहाँका पसल वन्द हुँदा बिक्री गर्नका लागि समस्या परेको किसानहरुले वताएका छन् ।

यस विषयमा मकवानपुर उद्योग बाणिज्यसंघका अध्यक्ष कृष्ण कटुवालले तरकारी पसल वन्द गर्ने आफुहरुको आसय नभएको बताए । वसपार्कको तरकारी पसल र खोपगल्लीका तरकारी पसल एक महिना देखि वन्द भएपनि हामिले वन्द गर्नुहुन्न भनेको उनले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*