हेटौंडामा आज पनि प्रहरी–व्यापारीको दोहोरी

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार ११:४७
;

मकवानपुर । सरकारले गत चैत्र ११ गतेबाट लकडाउन गरेसँगै अत्यावश्यक बाहेक सबै क्षेत्र बन्द नै छ । तर लगातारको बन्दले व्यापार व्यवसाय धरासायी भएको भन्दै हेटौंडाका व्यवसायीहरु लकडाउन नमान्ने भन्दै आफ्नो पसल, व्यवसाय खोल्न व्यवसायीहरुकै नेताहरु बजार खोल्न उर्दी जारी गरेको दृश्य आज पनि हेटौंडामा देखिएको छ ।

हेटौंडाको स्कूल रोड, कान्तिराजपथ, मेनरोडहरुमा अत्यावश्यक बाहेकका सबै खुलेपछि जिल्ला प्रहरी कार्यालयको प्रहरी टोलीले बन्द गराउँदै हिडेका थिए भने, प्रहरीको पछिपछि उद्योग वाणिज्य संघका प्रतिनिधिहरु पसल खुलाउँदै हिडेको दृश्य आज पनि देखिएको थियो ।

जिल्ला प्रशासन कार्यालयको कमाण्ड पोष्टको बैठकले लकडाउन कार्यान्वयन गर्न गराउन दैनिक जसो बैठक बस्दै विभिन्न निर्णयहरु गर्दै आएको छ । संघीय सरकारको निर्णय कार्यान्वयन गराउने भन्दै प्रमुख जिल्ला अधिकारी अत्यावश्यक बाहेकका सबै बन्द हुनुपर्ने अडानमा छन् ।

कमाण्ड पोष्टको सदस्य उद्योग वाणिज्य संघ पनि हो, संघका प्रतिनिधि पनि बैठकमा उपस्थित हुन्छन्, निर्णयमा हस्ताक्षर पनि गर्छन्, तर बैठकपछि बजार आएर पसल खोल्न व्यवसायीहरुलाई आग्रह पनि गर्छन् । संघका प्रतिनिधिहरुले बजार खोल्न गरेको आग्रह प्रति केही व्यवसायीहरु संघको दोहोरो भूमिका भएको समेत भन्न थालिसकेका छन् ।

प्रहरीले लकडाउन उलंघन गरेको भन्दै केही सवारी साधनहरुको साँचो खोसेको पनि थियो । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले आवश्यक काम बाहेक सवारी चलाएको भन्दै सवारी साधनको चाबी खोसेको थियो । अन्य दिन भन्दा आज बजारमा सवारी साधनको संख्या बढी देखिएको थियो ।

हेटौंडा बजारको आजको दृश्य हेर्नुहोस् ।

 

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*