जिल्ला अस्पतालका प्रमुखसहित १९ जना क्वारेन्टाईनमा

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १४:१५
;

बैतडी । बैतडी जिल्ला अस्पतालका प्रमुखसहित १९ जना सेल्फ क्वारेन्टाईनमा बसेसँगै स्वास्थ्य उपचार प्रभावित भएको छ । स्थानीय एक सुत्केरी महिलाको शल्यक्रियापछि उनको आरडीटी परीक्षणमा पोजेटिभि देखिएपछि शल्यक्रियामा संलग्न अस्पताल प्रमुख सहित १९ स्वास्थ्यकर्मी क्वारेन्टाइनमा बसेका छन् ।

क्वारेन्टाइनमा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट सहित ३ जना चिकित्सक, १० जना नर्स, ३ जना ल्याब असिस्टेन्ट र ३ जना कार्यालय सहयोगीहरु रहेका छन् ।

अहिले २ जना चिकित्सकसहित ८ जनाले मात्रै सेवा दिईरहेको अस्पताल प्रशासनले जनजाएको छ । आरडीटी पोजेटिभ देखिएपछि ती महिलाको स्वाब पिसिआर पररीक्षणका लागि धनगढी अस्पताल पठाइएको छ ।

पिसिआर रिपोर्ट नेगेटिभ आएमा क्वारेन्टाईनका स्वास्थ्यकर्मी सेवामा फर्किने, पोजेटिभ आएमा क्वारेन्टाईनबाटै पिसिआर परीक्षण गरिने बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*