रौतहटमा थप ६५ जनामा कारोना संक्रमण पुष्टि

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १४:३३
;

रौतहट ।  रौतहटमा थप ६५ जनामा कारोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय रौतहटले थप ६५ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।

स्वास्थ्य कार्यालय रौतहटका अनुसार ६५ जना संक्रमित मध्ये ६३ जना पुरुष र २ जना महिला रहेका छन् । योसंगै रौतहटमा कोरोना संक्रमितको संख्या ३ सय ८३ पुगेको छ ।

जिल्लाको गुजरा नगरपालिका, गढीमाई नगरपालिका, फतुवा विजयपुर नगरपालिका, चन्द्रपुर नगरपालिका, इशनाथ नगरपालिका, माधव नारायण नगरपालिका र दुर्गा भगवतती गाउँपालिकामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ ।

संक्रमण पुष्टि भएका ६५ जना नै भारतका विभिन्न सहरबाट रौतहट आएका नेपालीहरु रहेका छन् । योसँगै जिल्लाको १८ वटै स्थानिय तहमा संक्रमित भेटिएका छन् ।

स्वास्थ्य कार्यालय रौतहटका अनुसार गुजराका ८ जना पुरुष, गढीमाईका ८ जना पुरुष, फतुवा विजयपुरका १ जना पुरुष, चन्द्रपुरका १ जना पुरुष, इशनाथका ४४ जना पुरुष र २ जना महिला, माधव नारायणका ज्ञ पुरुष र दुर्गा भगवतीका १ पुरुषमा संक्रमण देखिएको हो ।

संक्रमित सबैलाई संम्वन्धित स्थानिय पालिकाहरुको क्वारेन्टाइमा राखिएको छ । उनीहरु सबैको स्वास्थ्य स्थिति सामान्य रहेको बताइएको छ ।

जिल्लामा संक्रमित बढेसँगै आइसोलेसन वेडको अभाव भइरहेको छ । समयमै आइसोलेसन नहुँदा कतिपय संक्रमितहरुलाई क्वारेन्टाइनमै राखेर उपचार गरिरहेको छ ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*