सरकारको निर्णय विपरीत जाने अधिकार सीडीओलाई छैन
काठमाडौं । उपत्यकाका तीनै जिल्लाका सीडीओले मन्त्रीपरिषद्ले गरेको निर्णय विपरित जान नसक्ने बताएका छन् । उपत्यकाका तीनै जिल्लाका सीडीओकको आज बसेको बैठकले मन्त्रपिरिषद्को निर्णय कार्यान्वयन गराउनु आफूहरुको जिम्मेवारी भएकाले अर्को निर्णय नभएसम्म लकडाउनको अवस्था अहिले जस्तै कायम रहने बताएका हुन् ।
लकडाउन उलङ्घन गर्ने क्रम बढेको भन्दै काठमाडौं, भक्तपुर, ललितपुरका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बसेको थियो । बैठकले सरकारले जेठ ३२ गतेसम्म कायम गरेको लकडाउनलाई यस अघिजस्तै पालना गराउने निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए ।
उनले सरकारको निर्देशनको अवज्ञा गर्ने कसैलाई पनि छुट नभएको भन्दै मन्त्रीपरिषद्को अर्को निर्णय नआउन्जेल लकडाउन खुकुलो नहुने बताए ।
लकडाउन खुकुलो बनाउने अधिकार आफुुलाई नभएकाले सरकारले तोकेको अवधिसम्म लकडाउनको पालना सबैले गर्नुपर्छ । सरकारको निर्देशन प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ भन्ने हाम्रो सामूहिक निकर्ष हो, हामी त पूर्णरुपमा कार्यान्वयन गराउने निकायमा छौं उनले भने ।
उपत्यकामा सङ्क्रमणको जोखिम बढेकाले लकडाउन उलङ्घनमा कडाइलाई कायमै राखिने बताए ।