दैलेखमा १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १५:३३
;

दैलेख । दैलेखमा थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले दैलेखमा बिहीबार एकैदिन १ सय ५ जना कोरोना संक्रमण पुष्टि भएको जनाएको हो ।

प्रतिष्ठानका अनुसार दैलेखको नारायण नगरपालिकाका ६४ पुरुष र ५ महिला, देवलकाडाँका गाउँपालिकाका १२ पुरुष, सोतका ९ पुरुष, मानटाकुराका ७ पुरुष, साडुका २ पुरुष र भगनीका ५ पुरुष र बासकोटका एक जनामा संक्रमण देखिएको छ ।

त्यस्तै मुगका १ जनामा पनि कोरोना पोजेटिभ देखिएको छ ।

मुगुको खत्याड गाउँपालिकाका एक जनामा पनि संक्रमण पुष्टि भएको छ। मुगुमा कोरोना संक्रमणको पहिलो केस हो। मुगुको ४८ नमूनामध्ये एक जनामा संक्रमण पुष्टि भएको हो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*