नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या १० पुग्यो

हेटौडा न्युज
२२ जेष्ठ २०७७, बिहीबार १७:०२
;

मकवानपुर । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार नेपालमा थप १ जनाको कोरोनाका कारण मृत्यु भए संगै मृतकको संख्या १० पुगेको हो ।

गत २० गते पाल्पाको पूर्वखोला गाउँपालिकाका ४५ वर्षीय पुरुषको मृत्यु भएको र मृत्यपछिको स्वाब परीक्षणको नतिजामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. देवकोटाले जानकारी दिए ।

उनी भारतबाट फर्किएपछि स्थानीय क्वारेन्टाइनमा बसेका थिए ।

स्वास प्रश्वासमा समस्या देखिएपछि उनलाई मिसन अस्पताल पाल्पामा भर्ना गरिएको थियो । अस्पतालमा उपचाररत रहँदा उनको मृत्यु भएको प्रवक्ता देवकोटाले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*