कोरोनाबाट नेपालमा थप १ को मृत्यु

हेटौडा न्युज
२३ जेष्ठ २०७७, शुक्रबार ०९:१५
;

सुर्खेत । सुर्खेतमा जनता माविको विद्यापुर क्वारेन्टाईनबाट घर पठाईएका एक युवकको कोरोना संक्रमणबामट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ ।

ती युवकको हिजो बिहीबार बिहान उनको घर पञ्चपुरी नगरपालिका वडा नम्बर १ मा मृत्यु भएको हो । क्वारेन्टाईनमा आरडीटी परीक्षण गर्दा नेगेटिभ आएपछि गत बुधबार घर पठाईएकोमा घर पुगेकै दिन ती युवकको मृत्यु भएको थियो ।

हिजो उनको मृत्यु भएपछि कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयमा पीसीआर प्रविधिबाट परीक्षण गर्दा पोजेटिभ आएको थियो । मृतक युवकसँगै सो क्वारेन्टाइनमा ५४ जना थिए जस मध्ये तीन जनालाई पोजेटिभ देखिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*