नेपालमा थप २ सय ७८ जनामा कोरोना पुष्टि
मकवानपुर । नेपालमा थप २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर पछिल्लो २४ घण्टामा २ सय ७८ जनामा कोरोना संक्रमण देखिएको जनाएको हो ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार २ सय ६७ जना पुरुष र ११ जना महिलामा संक्रमण देखिएको हो ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ४३ जना कोरोना निको भएर घर फर्किएका छन् । कुल कोरोना निको हुने ३ सय ३३ जना रहेका छन् । जसमा महिला ६१ जना रहेका छन् ।