नेपालमा आज कहाँ–कहाँ थपिए संक्रमित ?

मकवानपुर । नेपालमा संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा विभिन्न स्थानका प्रयोगशालाहरूमा गरिएको नमूना परीक्षणमा २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएसंगै संक्रमितको संख्या दुई हजार ९ सय १२ पुगेको हो ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा सुनसरीका २१, झापाका ११, मोरङका ६, अर्चाखाचीका १, नवलपरासीका २, पाल्पाका १, रुपन्देहीका १८, सिन्धुलीका ३, बाराका ३, तनहुँका २ जनामा संक्रमण देखिएको छ ।
त्यस्तै भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङका १, डडेल्धुराका ५, रामेछापका १८, काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ३, हुम्लाका १, दोलखाका १, गोरखाका १, सुर्खेतका १, दाङका १, धनुषाका ४, गुल्मीका १, कपिलवस्तुका ४४, कास्कीका १, महोत्तरीका १७ र रौतहटका ६ जनामा कोरोना संक्रमण देखिएको छ।
आज थपिएका सङ्क्रमितमा ८ महिने बालक पनि रहेका छन् । आज थपिएका कर्णाली प्रदेशका मात्रै एक सय जना रहेका छन् ।
नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ११ पुुगेको छ ।