म्यानमारबाट फर्किएका ९ जनालाई घर पठाइयो

हेटौडा न्युज
२३ जेष्ठ २०७७, शुक्रबार १७:५८
;

काठमाडां । सरकारले म्यानमारबाट ल्याएका ९ जना नेपाली नागरिकलाई होल्डिङ सेन्टरबाट घर पठाएको छ । शुक्रबार बिहान मात्र काठमाडौं ल्याइएका उनीहरुको सम्पर्क विवरण लिएर घर पठाइएको नेपाली सेनाले जनाएको हो ।

घर फर्किने ९ जना बागमती र गण्डकी प्रदेशका रहेका छन् ।

नेपाली सेनाका अनुसार उनीहरुको यसअघि नै पीसीआर बिधिबाट कोरोना परीक्षण गरिएको र रिपोर्ट नेगेटिभ आएको भन्दै घर पठाएको हो । उनीहरु अब आफ्नै घरमा छुट्टै क्वारेन्टाइनमा बस्ने बताइएको छ ।

अन्यलाई पनि बेलुकासम्ममा होल्डिङ सेन्टरबाट घर पठाइने जनाइएको छ । उनीहरुको विवरण लिने काम भइरहेको र विवरण लिइ सकेर उनीहरुलाई घरमा नै क्वारेन्टाइनमा बस्ने गरी पठाइने छ ।

विदेशबाट ल्याइएका नेपाली नागरिकलाई उनीहरुको घर पठाउनुभन्दा पहिले राख्नका लागि काठमाडौंमा उपत्यकामा ८ वटा यस्ता होल्डिङ सेन्टर बनाइएको छ।

आज म्यानमारबाट गण्डकी प्रदेशका १७, गण्डकी प्रदेशका ४, प्रदेश नं १ का ४ र प्रदेश नं ५ का १ जना नेपाल आएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*