बझाङमा ६ जनामा कोरोना पुष्टि

हेटौडा न्युज
२४ जेष्ठ २०७७, शनिबार १४:२८
;

बझाङ । बझाङमा एकै गाउँका ६ जनामा कोरोना संक्रमण पुष्टि भएकको छ । बझाङको खप्तडछान्ना गाउँपालिका–३ को एकै गाउँका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मेल्तडी मा.बिको क्वारेन्टाइनमा बसेका ६७ जनामध्ये ६ जनाको पिसीआर रिपोर्ट पोजेटिभ आएको हो।

मेल्तडी मा.बिमा क्यारेन्टाइमा रहेका अन्यहरुको चेकजाँचका लागि शनिबार डक्टरको टोली गएको जिल्ला स्वास्थ्य कार्यालयले जानाएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार ७०, ५७, ३८, २५ वर्षीय पुरुष र २ जना ४० वर्षका महिलामा संक्रमण देखिएको हो ।

उनीहरुमध्ये ५ जना जेठ १५ गते भारतको दिल्लीबाट आएको र एक जना २५ वर्षीय पुरुष काठमाडौंबाट आएका हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*