बर्दियामा एकैदिन २८ जना थप कोरोना संक्रमित

२४ जेष्ठ २०७७, शनिबार १५:३९

बर्दिया । बर्दिया जिल्लामा आज शनिबार एकैदिन २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । जिल्लामा रहेका बिभिन्न क्वारेन्टाईनमा रहेका मध्य २८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
आज कोरोना संक्रमण पुष्टि भएकाहरुमा गुलरिया नगरपालिकामा ११ जना, राजापुर नगरपालिकामा ५ जना, बासगडी नगरपालिकाका ५ जना, मधुवन नगरपालिकामा ४ जना र बढैयाताल गाँउपालिकामा ३ जना रहेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीका अनुसार गत १८ गते भेरी अञ्चल अस्पतालमा पिसिआर प्रविधिबाट परीक्षणका लागि १ सय ९२ जनाको स्वाब संकलन गरी पठाइएकोमा २८ जनाको रिपोर्ट पोजेटिभ आएको बताएका छन् । बर्दियामा रहेका क्वारेन्टाईनमा भारतबाट फर्किएकाहरु रहेका छन् । आज २८ जना थप संक्रमित भएसंगै जिल्लामा ४१ जना संक्रमितको संख्या पुगेको छ ।