प्रदेश २ मा ८३ जना संक्रमित थपिए, चितवनमा मृत्यु भएकाको रिपोर्ट नेगेटिभ

हेटौडा न्युज
२४ जेष्ठ २०७७, शनिबार १६:५१
;

मकवानपुर । वितेको २४ घण्टामा मात्रै प्रदेश २ का विभिन्न जिल्लाहरुमा ८३ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश २ अन्तर्गतका सप्तरीमा ७ जना, धनुषामा ८ जना, महोत्तरीमा ३५ जना, सर्लाहीमा २७ जना र रौतहटमा ६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । प्रदेश २ को सामाजिक विकास मन्त्रालयका अनुसार हालसम्म १ सय ५९ जना कोरोना संक्रमित उपचार पश्चात निको भएर घर फर्किएको जनाएको छ ।

त्यस्तै, चितवनको भरतपुर अस्पतालको आईसीयू कक्षमा आज विहान मृत्यु भएका माडी, कल्याणपुरका २७ बर्षीय पुरुषको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । उनको आज बिहान मृत्यु भएपछि भरतपुर कोभिड–१९ परीक्षण प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट आएको हो ।

अस्पताल प्रशासनका अनुसार उनको निमोनियाका कारण मृत्यु भएको जानकारी दिएको छ । मृतक व्यक्ति भारतमा उपचार गराएर १ साता अघि चितवन आएको र २ दिनदेखि लगातार ज्यरो आएको बताईएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*