गौर नसिङ्ग इन्टिच्युटबाट १८ जना कोरोना संक्रमित डिस्चार्ज

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १०:०६
;

रौतहट । रौतहटबाट १८ जना कोरोना संक्रमित अस्पतालबाट डिस्चार्ज भएका छन् । जिल्लाको गौर स्थित गौर नसिङ्ग इन्टिच्युटको आइसोलेसनमा उपचारत उनीहरुको पिसिआर रिर्पोट नेगेटिभ आएपछि अस्पतालबाट घर पठाइएको हो ।

कोरोना जित्ने १८ जनामध्ये एकजना महिला र अन्य पुरुष रहेका छन् । कोरोना जित्ने अधिकांस व्यक्ति राजपुर तथा इशनाथ नगरपालिकाका रहेका छन् ।

भारतमा मजदुरी काम गरेर रौतहट फर्किएका उनीहरुलाई सम्बन्धित पालिकाको क्वारेन्टाइमा राखेर स्वाव परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । पोजेटिभ देखिएपछि उनीहरुलाई उपचारको लागि अन्य जिल्लामा स्थान नपाएपछि जिल्लामै पहिलोपटक कोरोना संक्रमितको उपचार सुरु गरिएको थियो ।

आइसोलेसनमा बस्ने क्रममा उनीहरुमा कुनै समस्या नआएको भन्दै उनीहरुलाई थप १४ दिन होम क्वारेन्टाइनमै बस्ने सल्लाह दिएर घर पठाइएको हो । योसँगै रौतहटमा कोरोना जित्नेको संख्या २१ पुगेको छ ।

रौतहटमा ३ सय ९७ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार रौतहटका संचारकर्मी अनमोल कार्कीको सहयोगमा तयार पारिएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*