प्रदेश २ समाजिक विकास मन्त्रालयमा अख्तियारको छापा


जनकपुरधाम । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालयमा छापा मारेको छ । अख्तियारले सामजिक विकास मन्त्रालयले संचालन गरेको मिडिया ब्रिफिङ र आपूर्ति महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री खरीदमा अनियमितता भएको भन्दै छापा मरेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कायालयले छानविनका लागि मिडिया ब्रिफिङ र अपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु नियन्त्रणमा लिएको जनाइएको छ ।
प्रदेश सरकारले संचालन गरेको मिडिया ब्रिफिङमा दैनिक रुपमा करिब २ लाख रुपैयाँ खर्च गर्दै आएको बताइएको छ । प्रदेश २ सरकारले प्रदेश नम्बर १ को इटहरीस्थित नेपाल टेलिभिजनको प्रादेशिक प्रसारण केन्द्र, रेडियो नेपाल बर्दिवास प्रसारण केन्द्र र काठमाडौंको सिआईएन नेटवर्कसँग मिडिया कम्पनीको साझेदारीमा मिडिया ब्रिफिङ प्रसारण गर्दै आएको छ।
यस्तै, सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरीदमा बजारमूल्य भन्दा बढीमा खरीद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ।