लियो काठमाडौँ मातृभूमिको साधारण सभा सम्पन्न

हेटौडा न्युज
२५ जेष्ठ २०७७, आईतवार १७:२०
;

काठमाडौँ । लियो क्लब अफ काठमाडौँ मातृभूमिले आफ्नो छैटौ वार्षिक साधारण सभा सम्पन्न गरेको छ । जेष्ठ १७ गते भएको साधारण सभाले लियो दिवश सुवेदीलाई क्लबको सातौ अध्यक्षको रूपमा निर्वाचित गरेको छ ।

क्लबको लियो वर्ष २०१९/२० का अध्यक्ष लियो सञ्जय बिक्रम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्लबका अभिभावक लियो सरोज महतो , पूर्वअध्यक्ष लियो/लायन नवराज सिलवाल , लियो क्षितिज कार्कि, लियो बिक्रम पुरीले आ–आफ्नो धारण राखेका थिए ।

साथै मुख्य अतिथी एरिया ३२५ बि टु नेपालका जिल्ला गभर्नर लायन्स अनुप पहरि ज्युले शुभकामना र बधाई दिएका थिए ।

साधारण सभाले लियो मनिषा खड्कालाई प्रथम उपाध्यक्ष साथै लियो जस्मिता कुमारी अर्याल र लियो सरोज कुमार महतोलाई उपाध्यक्षमा निर्वाचित गरेको छ । क्लबको सचिवमा लियो दिपेश मेहेता तथा कोषाध्यक्ष लियो रोजन केसी नियुक्त भएका छन् ।

क्लबका ब्रान्ड राजदुतमा लियो बिनय रिसाल र लियो राजन भुसाल , प्रशासकमा सुमन तिम्सिना, कार्यकारी ‌सचिव सविता गिरी, सह सचिव बर्षा खरेल र अरून कुमार ‌महतो , सह–कोषाध्यक्षमा स्नेहा अधिकारी र सिकेन्द्र गुप्ता मनोनयन भएका छन् । साथै लियो क्लब अफ काठमाडौं मातृभुमीको‌ मेघा प्रोजेक्ट रहेको ब्लड फर नेपालको पनि नयाँ कार्यसमिति चयन गरिएको छ ।

वर्ष २०१९/२०का अध्यक्ष दिपेश मेहेताको टोलीले वर्ष २०२०/२१ का लागि अध्यक्षमा लियो कमल बास्तोला‌, प्रथम उपाध्यक्षमा लियो प्रविन नेपाल र उपाध्यक्षमा लियो नेहा झालाई चयन गरेको छ ।

ब्लड फर नेपाल लियो क्लबको‌ प्रोजेक्ट भएता पनि यसको टिम देशभर फैलिदै गएकोले कार्यसमिति चयन गर्नुपरेको संस्थापक लियो सरोज कुमार महतोले जानकारी दिए ।

रगतको कारणले कोहि कसैले जीवन गुमाउनु नपरोस् भन्दै ब्लड फर नेपालले विगत दुई वर्षदेखि बिरामी र रक्तदाताको मध्यस्थकर्ता भएर रगतको व्यवस्थापन गर्दै आएको छ ।

साधारण सभा सामाजिक दुरिलाई मध्यनजर गर्दै डिजिटल प्ल्याटफर्म जुमका माध्यमबाट सम्पन्न भएको थियो। लियो क्लब लायन्स क्लबको युवा संगठन हो ।

१ सय ५० भन्दा बढी मुलुकमा ५ हजार ८ सय भन्दा बढि दर्ता भएका लियो क्लबले सामाजिक कार्यमा सधैं सक्रिय भएर लागि रहेको छ ।

कुनै पनि बिपतमा पीडित नागरिकलाई उद्धार, राहत र बास स्थानको ब्यवस्था साथै बिभिन्न चाडपर्बमा स्वयंसेवकका रुपमा काम गर्दै आएको‌ लियो यस करोनाको महामारीमा पनि‌ धेरैको चुल्हो बल्न मद्दत ‌गर्दै‌ आइरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*