पर्सामा भेटिए ८ जना कोरोना संक्रमित

पर्सा । पर्साको जगरनाथपुर गाउँपालिकामा आज ८ जनामा कोरोना पोजेटिभ देखिएको छ । उनीहरु सो पालिकाको सण्ठीस्थित क्वारेन्टाइनमा रहेका थिए । उनीहरुको गत शुक्रबार स्वाब संकलन गरी पिसीआर परीक्षण गर्दा १ जना महिला र ७ जना पुरुष गरी ८ जनामा कोरोना पोजेटिभ देखिएको हो ।
केहि दिन अघि भारतबाट आएका ३३ जना सो क्वारेन्टाइनमा राखिएको बताईएको छ । संक्रमितहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पर्साका स्वास्थ्य निरीक्षक जयमोद ठाकुरले जानकारी दिएका छन् ।
संक्रमण पुष्टि भएका सबैको थप उपचार बीरगन्जमा हुने पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिएका छन् ।