सप्तरीको एउटै गाउँपालिकाका १६ जनामा कोरोना

हेटौडा न्युज
२६ जेष्ठ २०७७, सोमबार १२:५४
;

सप्तरी । प्रदेश नम्बर २ सप्तरी जिल्लाको एउटै पालिकामा १६ जनामा कोरोना संक्रमण देखिएको छ । सप्तरीको बलानबिहुल गाउँपालिकामा संक्रमित थपिएको जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीले जनाएको छ ।

सो गाउँपालिकाको वडा नम्बर २ का १ जना, वडा नम्बर ३ मा ५ जना, वडा नम्बर ४ मा ३ जना र वडा नम्बर ५ मा ७ जनामा कोरोना पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय, सप्तरीका प्रमुख दुनियाँलाल यादवले बताएका छन् । संक्रमितहरुलाई जिल्ला सदरमुकाम राजविराजको साइकृष्णा मेडिकल कलेजको आइसोलेसनमा उपचार गरिने बताईएको छ ।

संक्रमण भएकाहरु सबै भारतबाट केही दिन अघि नेपाल आएर क्वारेन्टिनमा बसेकाहरु हुन् । आज थपिएका १६ जनासहित सप्तरीमा कोरोना भाईरस संक्रमित पुष्टि भएकाको संख्या ९३ जना पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*