कोरोनाबाट ४ लाखको मृत्यु, संक्रमितको संख्या ७० लाख नाघ्यो
मकवानपुर । पछिल्लो तथ्यांक अनुसार विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेहरुको संख्या ७० लाख नाघिसकेको छ । हालसम्म विश्वमा ७० लाख १५ हजार १२८ जनामा संक्रमण देखिएको जोन्स हप्किन्स युनिभर्सिटीले तयार पारेको रिपोर्टमा उल्लेख छ ।
रिपोर्ट अनुसार अमेरिकामा १९ लाख ४२ हजार ३६३ जना, ब्राजिलमा ६ लाख ९१ हजार ७५८ जना, रुसमा ४ लाख ६७ हजार ७३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।
कोरोना भाईरसका कारण विश्वमा ४ लाख २ हजार ८ सय ५२ जनाले ज्यान गुमाएका छन् भने, अमेरिकामा मात्रै ज्यान गुमाउनेको संख्या १ लाख १० हजार ५ सय १४ पुगेको छ । विश्वभर कोरोना भाइरसलाई जितेर ३१ लाख ४२ हजार ४ सय ४० जना घर फर्किएका छन्










