कर्णालीमा आज फेरि १६ जनामा कोरोना, संक्रमितको संख्या ६ सय ५७ पुग्यो
कर्णाली । कर्णाली प्रदेशमा आज फेरि थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सुर्खेतमा रहेको प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण केन्द्रको प्रयोगशालमा गरिएको परीक्षणबाट थप १६ जनामा कोरोना भाईरस रहेको पुष्टि भएको हो ।
आज थपिएका संक्रमितहरुमा दैलेखका १० जना, सल्यानका ६ जना र सुर्खेतका १ जना रहेको कर्णाली प्रदेश, सामाजिक विकास मन्त्रालयको स्वास्थ्य महाशाखाले जनाएको छ ।
आज थपिएका १६ जनासमेत गरी कर्णाली प्रदेशमा कोरोना भाईरसबाट संक्रमितहरुको संख्या ६ सय ५७ जना पुगेको छ । पछिल्लो समय कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा भारतबाट फर्किएकाहरुको संख्या अधिक रहेको छ ।