कोरोनाबाट मृत्यु भएका युवकसँग आएका मध्ये ३० जनामा कोरोना संक्रमण
अर्घाखाँची । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ का युवकको कोरोना भाइरसका कारण मृत्यु भएपछि उनको सम्पर्कमा आएका मध्ये ३० जनामा संक्रमण पुष्टि भएको छ । भारतबाट फर्कने क्रममा गत जेठ १० गते ती युवकको बाटोमै मृत्यु भएको थियो। मृतक युवकको बाटोमै मृत्यु भएपछि कपिलवस्तुमा स्वाब संकलन भैरहवा स्थित जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
उनको मृत्यु भएपछि उनको सम्पर्कमा आएकाहरुको पहिचान गरी कोरोना परीक्षण गर्दा ३० जनामा संक्रमण पुष्टि भएको हो ।
मृतक युवकको कोरोना संक्रमण पुष्टि भएपछि उनीसँगै आउने, शव बोक्ने गरी सम्पर्कमा रहेका ५० जनाको स्वाब संकलन गरी पीसीआर प्रविधिबाट परीक्षण गर्दा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयप्रसाद पौडेलले जानकारी दिएका छन् ।










