मल नपाए पछि सरकारको विरोध, उपमेयरलाई मकै उपहार

हेटौडा न्युज
२६ जेष्ठ २०७७, सोमबार १६:४३
;

मकवानपुर । युरिया मलको अभाव भएपछि मकवानपुरका कृषकहरु समस्यामा परेका छन् । वर्षेनी यही समस्या झेल्दै आएकका मकवानपुरका कृषकलाई यो वर्ष पनि मल अभावको समस्याले पिरोलेको कुषकहरु बताउछन् ।

धान, मकै लगायतका कृषि बालिमा आवश्यक पर्ने युरीया मल अहिले बजारमा पाइन छेडेको छ । मकैमा मल हाल्ने र धान रोप्ने बलामा मल अभाव भएपछि कृषकहरु चिनितत बनेका छन् ।

पटक–पटक मल पाउने आशमा लकडाउनको समयमा प्रहरीको गाली सहदै हेटौँडाका कृषि सहकारीमा मल किन्न लाइन बसे तर आजसम्म पनि मल नपाएको एक कृषको गुनासो छ ।

मकवानपुरका विभिन्न स्थानीय तहका कृषकहररुको दैनिककी यसरी नै कट्ने गरेको छ । सार्वजनिक सवारी नचले पनि कृषकहरु विहानै हेटौँडा बजारका कृषि सहकारीहरुमा मल पाइने आशले लाइन बसेका हुन्छन् ।

न घाम न पानी निरन्तर मल पाइने आशमा भोक भोकै हेटौडा बजारको कृषि सहकारीहरुमा लाइन बसछन् अन्ततः साँझ परेपछि रित्तो हात घर पर्किन्छन् ।

कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले मल उपलब्ध गराउन नसकेकोले कृषकलाई मल दिन नसकिएको कृषि सहकारीका प्रतिनिधिहरु बताउछन् ।

किसानको मागअनुसार मल नआएकोले कृषकहरूलाई मल दिन नसकेको मल बिक्री वितरण गर्दै आएका हुप्रचौर कृषि सहकारी संस्थाका संचालक सुजल श्रेष्ठले बताए । मकै कृषकहरू दैनिक युरिया मलको खोजीमा आउने गरेको तर मल नपाएर रित्तो हात फकने गरेको उनको भनाई छ ।

मल किन्नका लागि कृषि सहकारी अगाडि घण्टौँ लाइन बसेका आक्रोशित कृषकहरु सिजनमा मल उपलब्ध गराउन नसकेको भन्दै हेटौँडाको बुद्धचोकमा नाराबाजी गर्दै सरकार विरुद्ध आज प्रदर्शन समेत गरेका थिए । उनीहरुले आज विहान प्ले कार्डसहित प्रदर्शन र नाराबाजी समेत गरेका हुन् ।

विरोध प्रदर्शन पछि आक्रोशित हेटौंडाका कृषकहरु हेटौँडा उपमहानगरपालिकामा डेलिगेशनमा पुगे । डेलिगेशन पुगेका आक्रोशित कृषकहरुले हेटौँडा उपमहानगरपालिकाकी उपमेयर मिना कुमारी लामालाई मकैको बोट उपहार समेत दिए ।

आक्रोशित कृषकहरुको माग सम्बोधनका लागि उपमेयर लामाको नेतृत्वमा कृषि सहकारी संस्थाका प्रतिनिधि, जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतको टोलीको सामुहिक छलफल भयो ।

छलफल पछि भोलिसम्म ३ सय २० बोरा मल झिकाइने उपमेयर मिना लामाले आश्वासन दिएकी छिन् । उनले किसानहरुको समस्या समाधानका लागि सम्बन्धित सबै सरोकारवाला निकायहरु गम्भीर हुनुपर्ने बताईन् ।

यस विषयमा बागमती प्रदेशका कृषि  मन्त्रीसंग समेत आफुुले कुरा गरेको बताउदै उपमेयर लामाले भनिन् “मन्त्री ज्यु बाट पनि सहयोगको आश्वासन आएको र केहि दिनमा नै समस्याको समाधान हुन्छ ।”

आश्वासन पाएका कृषक भने अझै मल पाउनेमा ढुक्क नरहेको बताउछन् । ३ सय २० बोरा मल हेटौंडाका कृषककालागि प्रसाद वितरण गरे जस्तै हुने उनीहरुको भनाई छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*