नेपालमा ३ सय १४ जना संक्रमित थपिए

हेटौडा न्युज
२६ जेष्ठ २०७७, सोमबार १७:०५
;

मकवानपुर । नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुगेको छ ।

आज थपिएका कोरोना संक्रमित मध्ये २ सय ९४ जना पुरुष र २० जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालमा आज थप २१ जनाले कोरोना जितेर घर फर्केका छन् । जसमा २० जना पुरुष र १ जना महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यससंगै नेपालमा कोरोना जित्नेको संख्या ४ सय ८८ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*