पत्रकारलाई दुर्व्यवहार गर्ने प्रहरी खोरमा

हेटौडा न्युज
२८ जेष्ठ २०७७, बुधबार १५:२२
;

मकवानपुर । समचार संकलनका क्रममा अभद्र व्यवहार गरेको आरोपमा मकवानपुर प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ । हेटौंडा–४ मा किसानहरु मल लिन घण्टौ लाईनमा बसेको विषययमा समाचार संकलन गर्न गएका पत्रकारलाई हेटौंडा उपमहानगरपालिका वडा नम्बर–९ का रमेश गेलाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

समाचार संकलनका लागि पुगेका तु खबर डटकमका समाचार प्रमुख बलराम पुडासैनीलाई गेलालले अभद्र व्यवहार गर्दै हातपात गर्न लागेपछि प्रहरीले छुट्याएको थियो ।

पत्रकार पुडासैनीका अनुसार आफू परिचय पत्र, प्रेस अंकित ज्याकेट लगाएर समाचार संकलन गर्ने क्रममा क्यामेरा खोस्दै अप शब्द प्रयोग गरी तस्वीर भिडियो नखिच्न चेतावनी दिदैं हातपात गरेको बताएका छन् ।

नियन्त्रमा लिएका गेलाललाई सार्वजनिक स्थलमा अभद्र व्यवहार गरेको मुद्दामा कार्वाही अघि बढाउने मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले बताएका छन् ।

मकवानपुरका कृषकहरु २० केजी मल लिनका लागि हेटौंडा–४ को कृषि सहकारीमा विहान ४ बजेदेखि लाईनमा बसेका थिए । यस विषयको समाचार संकलनका लागि विभिन्न संचार गृहका पत्रकारहरु हिजो मङ्गलबार विहानैदेखि सो स्थलमा पुगेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*