हेटौंडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु
मकवानपुर । हेटौंडामा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । पुर्व पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा-१ राप्तीपुल नजिक टिपरले स्कुटरलाई ठक्कर दिदा गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको हो ।
हेटौंडा बजारबाट नवलपुरतर्फ जादै गरेको ना ८ ख ७५५८ टिपरले विपरीत दिसाबाट आउदै गरेको प्रदेश ३–०२–१२ प १३३८ नम्बरको स्कुटरलाई ठक्करबाट घाइते भएका स्कुटर चालक केशर दोर्जे थिङको उपचारका क्रममा मृत्यु भएको हो ।
टिपरको ठक्करबाट घाइते भएका थिङको उनको हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृतक थिङ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडामा कार्यरत प्रहरी हवल्दार रहेको प्रहरीले जनाइएको छ ।










