सरकार विरुद्ध हेटौंडाका युवाहरुको प्रदर्शन (फोटो फिचर)

हेटौडा न्युज
३० जेष्ठ २०७७, शुक्रबार १२:३९
;

मकवानपुर । सरकारको विरोधमा हेटौंमा आज प्रदर्शन भएको छ । युथ अफ हेटौंडाको संयोजनमा हेटौंडाका युवाहरुले सरकारको समग्र काम कावाहीको विरोध स्वरुप प्रदर्शन गरेका हुन् ।

सरकार विरोधि नारा समेटिएका प्लेकार्ड बोकेका युवाहरुले शान्तिपूर्ण विरोध तथा जुलुस प्रदर्शन गरेका थिए । हेटौंडाको बुद्ध चोकमा जम्मा भएका युवाहरुले सरकारको विरुद्धमाख नारा भने लगाएनन् ।

बुद्ध चोकबाट सुरु भएको जुलुस सिमाचोकबाट स्कुल रोड हुँदै कान्तिराज पथबाट पुनः बुद्ध चोकमा आएर केहि बेर साङ्केतीक रुपमा प्रदर्शन गरेका थिए ।


युवाहरुले हालै प्रतिनिधि सभा संसदमा सांसद सरिता गिरीले नेपालको सिमाका बारेमा दिएको अभिव्यक्तिको समेत विरोध गरेका थिए । व्यक्तिगत सुरक्षका विधिहरु अपनाएर दुरी कायम गरी प्रदर्शन भएको हो ।

तस्वीरमा हेर्नुहोस् हेटौंडाका युवाहरुको प्रदर्शन

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*