सरकारको विरोधी नारा सहित राँके जुलुस

हेटौडा न्युज
३० जेष्ठ २०७७, शुक्रबार २१:२१
;

रामेछाप । रामेछापमा नेपाल विद्यार्थी संघ (नेविसंघ) र तरुण दलले संयुक्त रुपमा सरकारको विरुद्ध राँकेजुलुस निकालेका छन् । रामेछापको सदरमुकाम मन्थलीमा नेविसंघ र तरुण दलले संयुक्त रुपमा सरकारको काम कार्वाहीको विरोध गर्दै जुलुस निकालेका हुन ।

कोरोना भाइरस नियन्त्रणमा सरकारले ध्यान नदिएको, पीसीआर परिक्षणको दायरा बढाउ नसकेको, सरकार भ्रष्टचारमा लिप्त रहेको आरोप लगाउदै युवाहरूले जुलुस निकालेका थिए ।

नालायक ओलि राजिनामा दे, नलायक कम्युनिष्ट सरकार मरेपछि पिसिआर, भन्ने सरकार विरोधी नारा सहित जुलुस निकालिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*