काठमाडौं उपत्यका प्रवेश गर्न नगरपालिकाको अनुमति चाहिने
काठमाडौं । सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न प्रवेश गर्ने व्यक्ति पुग्ने स्थानीय निकायको अनुमति अनिवार्य चाहिने निर्णय गरेको छ ।
उपत्यका बाहिरबाट फर्किनेहरुले उपत्यकामा आफू बसोबास गरिसकेको वा पुग्ने नगरपालिकाको अनुमति अनिवार्य चाहिने आज आइतबार गृह मन्त्रालयमा बसेको बैठकले निर्णय गरेको छ । निर्णयअनुसार नगरपालिकाले प्रवेशका लागि अनुमति दिएपछि उपत्यका बाहिर आफू रहेको जिल्ला प्रशासन कार्यालयबाट पासकालागि सिफारिस लिनुपर्ने हुन्छ ।

काठमाडौं उपत्यकाबाहिर जानेको हकमा भने, जानु पर्ने कारण खुल्ने कागजात पेश गरेर सवारी पास दिने गृह मन्त्रालले निर्णय गरेको छ ।










