रामदेवको पतञ्जलीले कोरोनाको औषधी बनाएको दाबी
भारत । भारतको पतञ्जली आयुर्वेदले कोरोनाविरुद्वको औषधी पत्ता लगाएको दाबी गरेको छ । आर्युवेद औषधी तथा विभिन्न सामग्रीहरु उत्पादन गर्दै आएको पतञ्जलीले कोरोना संक्रमण २ सातामा निको पार्ने औषधी पत्ता लगाएको प्रमुख कार्यकारी अधिकृत आचार्य बालकृष्णले जानकारी दिएका हुन् ।
पतञ्जलीका अनुसार संक्रमित व्यक्तिले १४ दिनसम्म सेवन गरेमा कोरोना निको हुने दाबी गरेको छ । कोरोना विरुद्धको औषधी १ सय जनामा प्रयोग गर्दा त्यसको नतिजा सन्तोषजनक आएको आचार्य बालकृष्णले बताएका छन् । विश्वमा कोरोना संक्रमण विरुद्धको औषधी, भ्याक्सिन तयार गर्न विभिन्न बैज्ञानिकहरु लागि परेका छन् ।
कोरोना विरुद्धको औषधीका लागि पतञ्जलीले वैज्ञानिक टोली नै परिचालन गरेको थियो । पतञ्जलीको औषधीले संक्रमण रोक्ने र रोग प्रतिरोधात्मक क्षमता विकास गर्ने दाबी गरिरहेको छ । पतञ्जलीले हाल औषधीको परिक्षण गरिरहेको र एक साता भित्रमा नै यसको पूरा नतिजा आईसक्ने बताएको छ ।
एजेन्सी










