चर्चा कै लागि समाजसेवा गलत प्रवित्ति

हेटौडा न्युज
३२ जेष्ठ २०७७, आईतवार १९:५२
;

मकवानपुर । मानिसका स्वभाव फरक फरक हुन्छन् । कसैको स्वभाव सामान्य हुन्छ त कसैको असामान्य हुन्छ । मानव चरित्रका आधारमा भन्नुस वा आकलनका आधारमा अधिकासं मानिसलाई सामान्य भएको पटकै मन पर्दैन ।

आजका मानिसहरु अरु भन्दा फरक देखिन मात्र भए पनि अनेकौ क्रिर्याकलाप गर्ने गर्छन । हाम्रो समाजमा हजारौको भिड दिन दुई गुण, रात चौ गुणका दरले स्टार बन्न चाहन्छ । हुन त सबै मानिसहरुको स्वभाव नै त्यस्तै भएर होला मानिसहरु केहि नसोचि जुन सुकै स्थानमा पुग्छन् आफ्नो हिरोपन्ती देखाउन ।

मानिसलाई चर्चा कमाउने अनेकौ फिल्ड हुँदा हुँदै पनि केहि मानिसको चर्चा कमाउने थलो बनेको छ समाज सेवा । पछिल्लो समय समाजसेवा गर्ने एउटा ठुलो अन्तराष्ट्रिय संस्थाको नेतृत्व पनि सोहि बोटो हिडेको अनुमान गर्न सकिन्छ । समाजको सेवा गर्छु भननेहरुको मनो बल गिराउदै सो संसथाको नेतृत्वले आफ्नो बाटो विसिएको अनुभुत भएको सोहि संस्थाका सदस्यहरुको गुनासो छ । नेता, नेतृत्वको गलत सोचका कारण नै संस्था गलत बाटोमा हिड्ने गर्दछ ।

कता कता सोहि संस्थाको समजसेवा फैसन झै बन्न थालेको अनुभुत हुँदै छ अचेल । चर्चा कै लागि समाजको सेवा गर्छु भननेहरुलाई चाँही समाजसेवी भनिहाल्न मिलदैन ।

समाज सेवाको आडमा आफ्नो कालो कर्तुत लुकाउनेहरु पनि थुप्रै भेटिन्छन् हाम्रो सममाजमा । समजसेवाको पवित्र भाव कमजोर बन्दै जानुमा यस्ता प्रकृतिका मानिसको हात, पाउ मात्र हैन सिङ्गो ज्यान नै लगेको हुन्छ ।

बिस्तारै सामाजसेवीको बिल्ला भिरे पछि मान्छेको इच्छा चाहना अझै बढ्दै जान्छ । त्यो मानिसहरुको स्वभाव नै हो । ऊ चाहन्छ कि अरुको मेहिनतमा आफु चर्चित बनु । यो समाजसेवी भन्नेहरुको प्रवित्ति नै हो । केहि व्यक्तिहरु अघिपछि लगाउदै हिड्नु समाज सेवा ठान्दछन् उनीहरु ।

अरुको मेहनतमा चर्चा कमाउनु, सामजिक संजालमा बधाई तथा सम्मान लिनु नै उपलब्धी ठान्ने गर्दछन् उनीहरु । आफू नै सर्वश्रेष्ठ, आफ्नो हैकम जमाउ, अनावश्यक प्रभाव बढाउ भन्ने नै उनीहरुको उद्देश्य रहेको हुन्छ ।

आफ्नो उद्देश्य प्राप्तीका लागि धेरैलाई उचाल्ने र पछार्ने खेलमा लाग्नु नै उनीहरुको दैनिकी बनेको हुन्छ । तर अहिलेको नयाँ पुस्तामा त्यो उनीहरुको एउटा भ्रम मात्र हुन्छ ।

अहिलेको समयमा नेपाली समाजले फ्को मार्ने क्रममा छ । हाम्रो समामजका नागरीक सहि र गलत छुट्याउन सक्ने भएका छन् । उनीहरु समाज सेवा र आडम्बरी चर्चा बिच फरक छुट्याएर सेवको मा पढ्न सक्ने बनेका छन् ।

अहिले समाज सेवालाई शद्ध मन र चित्तले आफ्नो स्वार्थ नहेरी अर्काको भलो गर्ने मैदान हो भन्नेहरुको पनि जमात बढ्दै गएको छ । यो सेवाको मैदानमा सेवक स्वएम धावक हो भन्ने बारे कोहि दुविधामा पर्ने छैनन् अब।

आफ्नै मेहनतले अर्कालाई खुसी दिन वा सहयोग गर्न सजिलो भने छैन । महत्वपूर्ण कुरा त के छ भने समाज सेवा सजिलो खोज्ने र आराम चाहनेका लागि हैन भन्ने प्रमाणि नै भइ सकेको छ ।

जसरी एउटा म्याराथोनको धावक आफ्नो क्षमता र मिहेनतले सेवा भावको झण्डा फर–फराउन लागि पर्छ त्यसरी नै समाजका सेवकले पनि अर्काको अनुहारमा मुस्कान फर–फराउन आफुले त्यति नै त्याग मेहनत र बलिदानी दिनुपर्छ । चर्चा नै कमाउनका लागि समाज सेवा हैन् अनेकौ क्षेत्र उतै गएर ककमाउदा नै उचित हुन्छ ।

मुण्डे मुण्डे मति भिन्ने भने झै गलत प्रवित्ति र स्वर्थी मानिसहरुलाई सेवा क्षेत्रमा बन्देज लगाए मात्र सेवा क्षेत्रको पवित्रता टिकि रहन्छ । अबो केहि समय पछि समाज सेवाको दुरुपयोग गरी शक्ति र पैसाको आडमा चर्चामा रमाउनेलाई रोक्नु नै ठुलो समाज सेवा हुन सक्छ ।

लेखक एम.डि न्यौपाने, हाल तिलोतमा नगरपालिका–११, रुपन्देहीका स्थायीवासी हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*