भीमफेदी – कुलेखानी सडक २ लेनमा स्तरोन्नती गरिने

हेटौडा न्युज
१ असार २०७७, सोमबार १९:२३
;

मकवानपुर । बागमती प्रदेश सरकारले भीमफेदी – कुलेखानी सडक २ लेनको बनाउन आवश्यक बजेट विनियोजन गरीएको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश प्रासाद ढुंगेलले आज प्रदेश सभामा बजेट प्रस्तुत गर्दै बागमती प्रदेशको राजधानी हेटौँडा र संघिय राजधानी काठमाडौँ जोड्ने भीमफेदी – कुलेखानी सडक २ लेनको बनाउन आवश्यक बजेट विनियोजन गरेको जानकारी दिएका हुन्।

प्रदेश राजधानीलmाई छिटो, भरपर्दो र दिगो रुपमा संघिय राजधानीसंग जोड्ने हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडक खण्डलाई २ लेनमा स्तररोन्नति गर्नका लागि आवश्यक वजेट व्यवस्था गरेको बताए ।

आगामी ४ बर्षभित्र पोष्ट बहादुर बोगटी भीमफेदी सुरुङ मार्गको काम संघिय सरकारसंगको सहकार्यमा सम्पन्न गरीने गरी आवश्यक बजेटको व्यवस्था मिलाइएको मन्त्री ढुङ्गेलले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*