बागमती प्रदेशको बजेट ५१ अर्ब (हेर्नुहास् पुर्णपाठ)

हेटौडा न्युज
१ असार २०७७, सोमबार २०:४३
;

मकवानपुर । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७७/७८ का लागि आज प्रदेश सभामा बजेट प्रस्तुत गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्ग्लले प्रदेश सभामा कुल ५१ अर्ब ४२ करोड ७४ ला ९४ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।

यस बर्षको बजेटमा स्वास्थ्य क्षेत्रका लागि सबैभन्दा बढी रकम विनियोजन गरिएको छ । प्रदेश सभामा प्रस्तुत गरिएको कुल बजेटमा चालु तर्फ २६ अर्ब २८ करोड ७३ लाख ३५ करोड र पूँजीगत तर्फ २५ अर्ब १४ करोड १ लाख ५९ हजार रहेको छ । अर्थात चालुतर्फ ५१.१२ प्रतिशत र पुँजीगत तर्फ ४८.४४ प्रतिशत रकम विनियोजन गरिएको हो ।

बजेटमा संक्रमित रोकथामका लागि १९ करोड, स्वास्थ्य क्षेत्र सुधार २६ करोड ६८ लाख, अस्पताल सुधार ५६ करोड ३० लाख, मुख्यमन्त्री विपन्न स्वास्थ्य योजना १८ करोड ३५ लाख रहेका छन् ।

बजेटमा कोरोना संक्रमित उपचार सेवामा प्रदेशका १३ वटै जिल्लामा उच्चस्तरी कोरोना अस्पतालको स्थापना, प्रयोगशाला र दक्ष चिकित्स जनशक्ति उपलब्ध गराउने विषयमा उच्च प्राथमिकता दिइने उल्लेख छ ।

प्रस्तुत बजेटमा दुग्ध किसानका लागि प्रतिलिटर २ रुपैया प्रोत्साहन रकम उपलब्ध गराउने, कृषि सहकारीको स्तर उन्नति गर्दै एक पालिका एक खाद्यान्न भण्डार, प्रदेश भित्रका प्रहरी चौकी भवन निर्माणका लागि ५५ करोड ६६ लाख रकम विनियोजन गरिएको छ ।

आज प्रस्तुत बजेटमा प्रदेश भित्र स्नातक उत्तीर्ण गरेका यूवाहरुलाई न्युनतम पारिश्रमिक सहित स्वयम्सेवकका रुपमा खटाउने समेत उल्लेख गरिएको छ । त्यस्तै प्रदेशले विद्युतीय सवारी खरीदलाई प्राथमिकतामा राखेको छ ।

हेर्नुहास् बजेटको पुर्णपाठ

Bagmati Budget

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*