हेटौंडामा विद्युत कटौतीको समस्या, समाधान गर्दैछौं- ठाकुर

हेटौडा न्युज
३ असार २०७७, बुधबार २१:५७
;

मकवानपुर । पछिल्लो समय मकवानपुरमा विद्युत कटौतीको समस्या बढेको छ । दैनिक रुपमा १०/१२ पटक सम्म अचानक विद्युत कटौती हुँदा मकवानपुरवासी समस्यामा परेका छन् ।

नेपाल पुर्णरुपमा लोडसेडिङ मुक्त भइसक्दा समेत मकवानपुरमा भने अघोषित लोडसेडिङ जारी रहेको छ । त्यसो त गर्मी याम र कोरोनाका कारण देश र जनताको अवस्था जटिल बन्दै गएको बेला विद्युत नियमित नहुदा झनै समस्या थपिएको गुनासो बढ्दै गएको छ ।

यस विषयमा हेटौंडा न्युज डटकमले नेपाल विद्युत प्राधिकरण हेटौंडा वितरण केन्द्रका प्रमुख योगेन्द्र ठाकुरलाई के अब हेटौंडाले अघोषित लोडसेडिङ भोग्नु पर्ने हो ? भन्ने प्रश्नमा
प्रमुख ठाकुरले बजार एरियामा मात्र फिडरको समस्याले त्यस्तो भएको बताए । बजार एरियाको चौघडा फिडर ठूलो भएकोले विद्युत कटौती हुने गरेको उनको भनाई छ ।

सो समस्या समाधानका लागि बजार एरियाको मात्र छुटै फिडर बनाउने काम भइरहेको र करिव १५ दिन भित्र सो काम सकिने र यस समस्याबाट हेटौंडाले मुक्ती पाउने उनले बताए ।

त्यस्तै जिल्लावासीका विद्युत सम्बन्धि गुनासो धेरै आउने गरेको तर कर्मचारीको व्यक्तिगत प्रवित्तिका कारण गुनासोहरु आफुसम्म नआइपुग्ने समस्या रहेको बताए ।

उनले भने यस समस्याको समाधानका लागि आफुले एन्ड्रोइड मोवाइल एप समेत बनाइसको र सो एफ प्रयोगमा ल्याउने तयारी भइरहेको बताए ।

सो एप प्रयोगमा आए पश्चात जिल्लावासीका विद्युत सम्बन्धि कुनै पनि गुनासो नछुट्ने उनले दाबि गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*