दुई बर्षीया बालिकासहित अछाममा एकै वडामा २३ जना कोरोना संक्रमित

अछाम । अछाममा आज एकै दिन मेल्लेख गाउँपालिकाको ४ नम्बर वडामा मात्रै २३ जनामा कोरोना देखिएको जिल्ला स्वास्थ्य कार्यालय अछामका सूचनाका अधिकारी देव जोशीले जानकारी दिएका छन् ।
संक्रमित हुनेमा एकम २ वर्षीया बालिका समेत रहेका छन् । त्यस्तै संक्रमित पुष्टि भएकाहरुमा साफेबगर नगरपालिका वडा नम्बर ११ मा ३ जना, वडा नं. १२ मा ४ जना र साँफेबगर नगरपालिका वडा नं।.५ मा १ जनामा कोरोना देखिएको छ ।
आज संक्रमितसहित अछाममा कोरोना संक्रिमितको संख्या ५१ जना पुगेको छ भने निको हुनेको संख्या ७ जना रहेको छ ।