मकवानपुरमा ८ जनामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
५ असार २०७७, शुक्रबार १८:२४
;

मकवानपुर । मकवानपुरमा एकै दिन ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेट अनुसार मकवानपुरमा एकैदिन ८ जनामा कोरोना संक्रमण पुस्टि भएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा मकवानपुरका २ जना कोरोना पोजेटिभ देखिएको हो भने किटजन्य रोग तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा थप एक महिला र ५ जना पुरुषमा संक्रमण पुष्टि भएको छ ।

हेटौंडामा भएको परिक्षणमा मनहरीको लामिटार क्वारेन्टाइनमा रहेका मनहरी १ का २६ र ३७ वर्षिय पुरुष, मनहरी ४ कि ३० वर्षिय महिला, २८ र ४० वर्षिय पुरुष र मनहरी ७ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परिक्षण गरिएका २ जनाको भने थप बिवरण आउन बाकि छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*