भारतमा एकैदिन १५ हजारमा कोरोना , संक्रमित ४ लाखबढी

भारत । छिमेकी देश भारतको केन्द्रीय स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै थप १५ हजार जनामा कोरोना संक्रमण देखिएको छ ।
पछिल्लो तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा कोरोनाबाट १५ हजार ४ सय १३ संक्रमित भएका छन् ।
कोरोना संक्रमणबाट भारतमा १३ हजार २ सय भन्दा बढीको ज्यान गईसकेको छ ।
त्यस्तै, भारतमा ४ लाख १० हजार ४ सय ६१ जनामा संक्रमण देखिएको छ ।