कोरोना देखिएपछि बन्दीपुर गाउँपालिका बन्द

हेटौडा न्युज
९ असार २०७७, मंगलवार ११:०६
;

तनहुँ । तनहुँको बन्दीपुर गाउँपालिका एकसाताको लागि बन्द भएको छ । बन्दीपुर गाउँपालिकामा ११ जना मध्य चिकित्सकसहित, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीहरुमा पनि कोरोना संक्रमण देखिएपछि गाउँपालिका बन्द गरिएको हो । गत जेठ २८ गते स्वाब संकलन गरी परीक्षणका लागि पठाइएकामा हिजो सोमबार उनीहरुमा कोरोना पोजिटिभ देखिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अन्जिर भट्टराईले बताएका छन् ।

बन्दीपुर गाउँपालिकाका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीमा समेत कोरोना पुष्टि भएसँगै गाउँपालिकाले असार ९ गतेदेखि लागू हुने गरी गाउँपालिकाले प्रदान गर्दै आइरहेको सबै सेवा र इलाका प्रहरी कार्यालय बन्दीपुर एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको छ ।

गाउँपालिकाको सोमबार बसेको आकस्मिक बैठकले थप सङ्क्रमण हुन नदिन गाउँपालिका र प्रहरी कार्यालय एक हप्ताका लागि बन्द गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले बताएका छन् ।
गाउँपालिकाका अनुसार पालिका भित्रका सबै सरकारी कार्यालय, गैरसरकारी संस्था, निजी क्षेत्र, बैंक, वित्तीय संस्था पूर्णरूपमा बन्द गर्ने निर्णय भएको छ । तनहुँमा कोरोना सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*