भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज

चितवन । चितवनको भरतपुर अस्पतालमा रहेका १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालबाट डिस्चार्ज भएका मध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएको र बाँकी १६ जनाको १४ दिनसम्म पनि कोरोना संक्रमणको लक्षण नदेखिएपछि डिस्चार्ज अस्पताल स्रोतले जनाएको छ ।
अस्पतालका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् ।
अस्पतालका अनुसार सोमबार साँझ ३ जना घर गएका छन् भने १६ जना आज मंगलबार घर जाँदै छन् ।
१९ जना डिस्चार्ज भएपछि अस्पतालमा अब ११ जना उपचाररत छन् । संक्रमितहरुलाई अस्पतालको सर्जिकल वार्डमा राखिएको छ ।