हेटौँडा–१३ की एक महिलामा कोरोना संक्रमण पुष्टि

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १४:५८
;

मकवानपुर । हेटौंडाकी एक महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१३ की एकजना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

कर्रा आइसोलेशन वार्डका इन्चार्ज भोला चौलागाँईका अनुसार हेटौँडाको किटजन्य रोग तथा अनुसन्धान केन्द्रमा ६५ वर्षिया ती महिलाको नमु्ना परिक्षण गर्दा ती महिलामा संक्रमण देखिएको हो ।

संक्रमित महिला गत असार १ गते मात्र भारतबाट आएर हेटौंडा–१३ मा रहेको महेन्द्र मा.वि. को क्वारेन्टिनमा बसेकी थिईन् ।

संक्रमित महिलालाई अहिले हेटौँडाको कर्रामा रहेको कोरोना आइसोलेसन वार्डमा ल्याईएको चौँलागाईले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*