अब लकडाउन के हुन्छ ?

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १५:१६
;

मकवानपुर । सरकारले असार १ गतेदेखि लकडाउनलाई खुकुलो बनाएपछि केहीले झनै खुकुलो हुने बताउन थालेका छन् । तर, संक्रमितको संख्या ह्वात्तै बढेकाले कतिपयको भने लकडाउन झन् कडा हुनसक्ने अड्कल छ । तर, वास्तविकता चाँहि के होला रु

उच्चस्रोतका अनुसार मुलुकभर एकैनासले लकडाउन खुकुलो वा कडा बनाउने भन्नेबारेमा कुनै छलफल भएको छैन । संक्रमितको संख्यालाई ध्यानमा राखेर निश्चित जिल्ला वा क्षेत्रमा भने लकडाउनको मोडालिटी परिवर्तन हुनसक्छ।

उदाहरणको लागि संक्रमितको संख्या पाँच सय नाघेको जिल्ला वा कुनै विशेष क्षेत्रसंक्रमितको संक्रमितको मा लकडाउनलाई पूर्ण रूपमा कडा तुल्याउन सकिने छ ।

त्यसैगरी तीन सय, दुई सय र एक सय नाघेका जिल्ला वा कुनै विशेष क्षेत्रको हकमा पनि सरकारले सोही प्रकृतिको लकडाउन मोडालिटी कडा अपनाउने छ । तर, संक्रमितको संख्या र जोखिम न्यून रहेका जिल्ला र क्षेत्रमा भने लकडाउन सामान्य नै हुनेछ ।

काठमाडौंको हकमा संक्रमितको संख्या ह्वात्तै नबढे आगामी दिनमा पनि अहिलेकै मोडालिटीलाई निरन्तरता दिने बुझिएको छ । सरकारी अधिकारीहरूका अनुसार राजधानी काठमाडौंको जनघनत्वलाई ध्यानमा राखेर उपत्यका भित्रिने यात्रु र सवारी साधनमाथिको हालको निगरानीलाई अझै केही समय निरन्तरता दिइनेछ ।

जनआस्थामा खबर छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*