हेटौँडाका व्यवसायी श्रेष्ठको शव फेला

हेटौडा न्युज
९ असार २०७७, मंगलवार १६:१२
;

मकवानपुर । हेटौँडामा एक व्यक्तिको शव फेला परेको छ । हेटौँडा उपमहानगरपालिका–१ भैरवडाँडा जाने बाटोको जंगलमा एक युवाको शव फेला परेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता इन्द्रबहादुर रानाका अनुसार हेटौँडा ५ सानोपोखरा निवासी ३० बर्षका पवित्रमान श्रेष्ठको शव आज विहान फेला परेको हो ।

राप्तीपुलबाट भैरवडाँडा जाने बाटोको जंगलमा उनको शव उत्तानो अवस्थामा भेटिएको प्रवक्ता रानाले बताए ।

प्रहरीका अनुसार उनको शव नजिकै किटनाशक औषधी समेत भेटिएको छ ।किटनाशक औषधी शेवन गरेर उनले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भीक अनुसन्धानबाट बुझिएको प्रवक्ता रानाले जानकारी दिए ।

उनको शव पोष्टमार्टको लागि हेटौँडा अस्पतालको शव गृहमा ल्याइएको उनले बताए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रवक्ता रानाको भनाई छ ।

मृतक श्रेष्ठ जग्गा सम्बन्धि व्यवसायमा आवद्ध थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*