हेटौंडामा ट्राफिकले आइल्याण्ड राख्यो

हेटौडा न्युज
११ असार २०७७, बिहीबार ०९:२९
;

मकवानपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरले सवारी व्यवस्थापनका लागि हेटौंडामा आजबाट ट्राफिक आईल्याण्ड राखेको छ । ट्राफिक प्रहरीले पहिलो चरणमा हेटौंडा बजारको सिमाचौक र हेटौंडा–११, थाना भर्याङ्गमा आईल्याण्ड राखेको हो ।

ट्राफिक प्रहरीका अनुसार आईल्याण्डमा रहने ट्राफिक प्रहरीले सामान्य अवस्था भन्दा सहजै केही दुरीसम्मको सवारी अवस्था हेर्न सक्ने हुनाले यसको प्रयोगबाट सवारी व्यवस्थापनमा अझ प्रभावकारी हुने जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख हरिविष्णु ढकालका अनुसार ड्युटीमा रहेका प्रहरीलाई सवारी दुर्घटनाबाट जोगिन र सामान्य घामपानीमा ओत लागेर काम गर्न सहज हुने बताएका छन् ।

रिफ्ल्याक्टर स्टिकर सहितको सोलार प्रविधि जडान गरिएको प्रति आईल्याण्डको निर्माण खर्च करीब ३ लाख रुपैया रहेको जनाईएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार मकवानपुरमा आवश्यकता हेरी अन्य स्थानमा समेत आईल्याण्ड जडान गरिने जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*